अन्तर विद्यालय फुटसल : तीन टोली उपाधि होडमा

प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा तीन टोली बिहीबार उपाधिनजिक पुगेका छन् ।

बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणमा शीर्ष तीन स्थान हात पार्ने टोली उपाधि होडमा प्रवेश गरेका हुन् । अब ब्राइट फ्युचर, विश्वनिकेतन र माउन्ट ग्लोरीबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने छ । त्यसमा सबै भन्दा बढी अंक ल्याउने टिमले उपाधि हात पार्ने छ ।

ब्राइट फ्युचरले कुलेश्वर आवास स्कुल ‘ए’ लाई टाइब्रेकरमा ४–२ ले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । विश्वनिकेतनले हिमशिखरलाई ६–० गोलले हरायो ।

अनिल नगरकोटीले ह्याट्रिक गरे भने विकेश शाही र सञ्जोग वाइबाले १–१ गोल थपे । एक गोल आत्माघाती रह्यो । माउन्ट ग्लोरीले ब्राइट एन्जल्स ‘ए’ माथि ३–० को जित दर्ता ग¥यो । सम्भव तीनै गोल एलेक्स पौडेलको नाममा रह्यो ।

प्रतियोगिता शुक्रबार सम्पन्न हुने छ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.