°
, June 7, 2023 in

जेसस चम्किँदा इपिएलमा सिटीको जित

SHARE:

ग्याब्रियल जेससले चार गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा वाटफोर्डलाई ५–१ ले पराजित गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा जेससले खेलको चौथो मिनेटमै गोल गर्द खाता खोलेका थिए । २३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका जेससले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरे ।

५३औं मिनेटमा जेससले व्यक्तिगत चौथो गोल गरे । त्यसअघि उनले ३४औं मिनेटमा रोड्रीको गोलका लागि सहयोग गरेका थिए । वाटफोर्डका लागि होसाने कमाराले २८औं मिनेटमा एक गोल गरे ।

यो जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रतासमेत बनाएको छ । ३३ खेलबाट सिटीको ७० अंक भएको छ । लिभरपुलको ३२ खेलबाट ७६ अंक छ ।

प्रिमियर लिग सिजनको अन्त्यितर आइपुग्दा सिटी र लिभरपुल उपाधि भिडन्त रोचक बन्दै छ । सिटीले अब बाँकी सबै खेल जितेमा सिधै च्याम्पियन बन्नेछ ।

SHARE: