नेपाली पौडी क्विन गौरिकालाई कोरोना संक्रमण

नेपाली पौडी क्विन गौरिका सिंहलाई कोरोना संक्रमण देििखएको छ। सागकी कीर्तिमानी स्वर्णधारी खेलाडी तथा ओलम्पियन गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी छन्।

कोरोना देखिएसँगै गौरिका होम आइसोलेसन बसेकी छन् । गौरिकाले लेखेकी छिन्, ‘मैले दुवै डोज खोप लिएकी थिएँ र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै कोरोना संक्रमण भएको पुष्टि भएको छ । म अहिले सरकारी मापदण्ड अनुसार १० दिनका लागि आइसोलेसनमा छु ।’

गत महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा गौरिकाले नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन् ।