गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य तत्काल अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारले अलपत्र रंगशाला निर्माणको काम तत्काल अघि बढाउने भएका हुन्।

मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच रंगशाला निर्माणको काम अगाडि बढाउने सहमति भएको छ।

रंगशालामा निर्माणका लागि पहिलो चरणमा प्रदेश सरकारले ७५ करोड रुपैयाँ उपलब्ध गराउने बताइएको छ। तिहारलगत्तै निर्माणका लागि ठेक्का आव्हान गरिने बताइएको छ। ठेक्का लागेपछि फिल्ड निर्माणको काम गरिनेछ।

धुर्मुस सुन्तली फाउन्डेसले चन्दा उठाएर निर्माण सुरु गरेको यो रंगशाला २ वर्षअघि रकम अभावमा निर्माण रोकिएको थियो।

Back To Top