चेल्सीका पूर्वखेलाडी तथा प्रशिक्षक भिअलीको निधन

Read Time:1 Minute

इंग्लिस क्लब चेल्सीका पूर्वखेलाडी तथा प्रशिक्षक जिअनलुका भिअलीको निधन भएको छ। प्यान्क्रियाटिक क्यान्सरबाट पीडित इटालीका पूर्व स्ट्राइकर भियालीको ५८ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

सन् २०१७ बाट प्यान्क्रियाटिक क्यान्सरबा पीडित बनेका उनले गत डिसेम्बरमात्र उपचारकै लागि इटालीको सयहाक प्रशिक्षक छाडेका थिए । सन् २०२०को युरोपक जित्दा पनि उनी रोबर्टो मान्सिनीको सहायक नै थिए।

१९८५ देखि १९९२ सम्म भिअलीले इटालीका लागि ५९ खेल खेल्दै १६ गोल गरेका थिए। उनले व्यवसायिक फुटबल क्रेमोनेसबाट खेल्न सुरु गरेका थिए। त्यसपछि साम्पडोरिआ र युभेन्ट्सबाट पनि खेलेका भिअलीले सन् १९९९मा चेल्सीबाट व्यसायिक फुटबल करिअरको अन्त्य गरेका थिए।

सन् १९९९मा उनी खेलाडी रहँदै चेल्सीको प्रशिक्षक बनेका थिए । चेल्सीमा उनले खेलाडीका रुपमा ३ सिजना बिताउँदा ८८ खेलमा ४० गोल गरेका थिए।

त्यसपछि उनी सन् १९९९/२०००को सिजन चेल्सीको मुख्य प्रशिक्षक बने । त्यसपछि उनले सन् २००१ देखि २००२ सम्म वाट्फोर्डको मुख्य प्रशिक्षकका रुपमा पनि काम गरे।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विमल घर्तिमगर मछिन्द्रमै रहने
Next post खुमलटारले भित्र्याएयाे स्टार विदेशी खेलाडी
Close