°
, June 1, 2023 in

फिफा अध्यक्षले भने– सबै देशले कम्तिमा एउटा रंगशालाकाे नाम पेले राखौं

SHARE:

महान फुटबलर पेलेको पार्थिव शरिर अहिले अन्तिम श्रद्धाञ्जलीका राखिएको छ। उनको शरीरलाई साओपाओलोस्थित सान्तोष क्लबको मैदानमा राखिएको छ।

पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन थुप्रै प्रतिष्ठित व्यक्ति पाओपाओलो पुगिरहेका छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पेलेलाई अनितम श्रद्धाञ्जली दिएपछि उनले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताए । सोही अवसरमा उनले फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह पनि गरे ।

क्यान्सरबाट पीडित पेलेको शुक्रबार निधन भएको थियो । २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको अन्तिम संस्कार गरिने छ ।

SHARE: