पोलिस स्ट्राइकरले कीर्तिमानी गोल गरेपछि बुन्डेस लिगाको उद्घाटन खेलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ। लेवान्डोस्कीले बुन्डेस लिगामा लागतार सात सिजन उद्घाटन खेलमा गोल गर्दै कीर्तिमान बनाएपछि बायर्नले बोरुसिया मोन्छेनग्वाडबाकसँग १–१ गोलको बराबरीमा रोकियो।
बोरुसिया पार्कमा शुक्रबार राति भएको खेलको नवौं मिनेमै एलासानले प्लिले गोल गर्दै मोन्छेनग्लाडबाकलाई अग्रता दिलाए । तर, पहिलो हाफकै ४२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
लेवान्डोस्कीले बुन्डेसलिगाको लगातार सात सिजनमा ओपनिङ गोल गरेका छन्। साथै उनले बुन्डेसलिगाका लगातार ११ खेलमा गोल गर्दै यस दौरान १८ गोल पुर्याएका छन्।