रोनाल्डोलाई पछि पार्दै मेसीले जित ‘गोल ५०’ अवार्ड

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले ‘गोल ५०’ अवार्ड जितेका छन्। भेटिङमा आधार दिइने गोल ५० अवार्ड जित्ने क्रममा मेसीले रोनाल्डोलाई थोरै भोटले पछि पारे।

यसैसिजन बार्सिलोना छाड्दै फ्रेन्च क्लब पिएसजी पुगेका मेसीले यो वर्ष पहिलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा कोपा अमेरिका जितेका छन्। तर, पिएसजी भने मेसीले आफ्नो जादु देखाउन सकेका छैनन्।

मेसीले पाँचौं पटक गोल ५० अवर्डा जितेका हुन् । मेसीले यो अवार्ड सन् २००९, २०११, २०१३ र २०१५मा जितेका थिए। यो सँगै मेसीले सर्वाधिक पटक गोल ५० अवार्ड जित्ने रोनाल्डोलेका कीर्तिमान पनि बराबरी गरेका छन्।

पाँचौं पटक यो अवार्ड जित्ने क्रममा मेसीले रोनाल्डोले अन्तिम २४ घण्टामा उछिनेका थिए। २४ लाखले भोट गर्दा मेसीले रोनाल्डोलाई २४ मतले मात्र पछि पारे।

यस्तै, महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन्।