गाेपीचन्द्रको स्थानमा सरस्वतीले ओलम्पिक खेल्ने

म्याराथन धावक गोपीचन्द्र पार्कीको स्थानमा सरस्वती चौधरीले टोकियो ओलम्किप खेल्ने भएकी छिन् । अन्तर्राष्ट्रिय ओलम्किप कमिटीले म्याराथनमा नेपाली खेलाडीलाई सहभागी गराउन नसक्ने जनाउँदै एक सय मिटर दौडमा खेलाडी सिफारिस गर्न अग्राह गरेपछि अन्तिम समयमा सरस्वतीले ओलम्पिक खेल्ने अवसर पाएकी हुन्।

बिहीबारमात्र आईओसीले म्याराथन धावक गोपीचन्द्र पार्कीलाई ओलम्पिक सहभागीता जनाउन नसक्ने जनाएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। आईओसीको त्यस्तो पत्र आएपछि एनओसीले राष्ट्रिय खेलकुद् परिषद् र नेपाल एथ्लेटिक्स संघसँग छलफल गरेर सरस्वतीलाई ओलम्पिकमा पठाउने निर्णय गरेको छ।

बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले संयुक्त विज्ञप्ति जारी गर्दै गोपीचन्द्रको सहभागिता सम्भव नभएको जनाउँदै सरस्वीतले एक सय मिटर दौडमा सहभागी हुने जनाएका छन् ।

‘युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएकाले म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments Box