गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्न नपाउने

नेपाली धावक गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक खेल्न नपाउने भएका छन्। अन्तर्राष्ट्रिय ओलमिक कमिटीले वाइल्डकार्डमार्फत म्याराथन खेलाडी सहभागी गराउन नसकिने उल्लेख गरेपछि पार्कीले ओलम्पिक खेल्न पाउने भएका हुन्।

आईओसीले म्याराथनका सट्टा प्रिन्ट विधामा खेलाडी सिफरिस गर्न नेपाल ओलम्पिक कमिटीलाई अनुरोध गरेको छ । अब पार्कीको स्थानमा सय मिटरमा कसलाई पठाउने भन्ने विषयमा छलफल गरेर निर्णय गरिने एनओसीले जनाएको छ। यसका लागि एथ्लेटिक्स संघसँग छलफल गरेपछि निर्णय पुग्ने बताइएको छ।

गोपीले आसन्न ओलम्पिकमा म्याराथनमा दौडन लागेका थिए । उनले दक्षिण एसियामा नेपालका बैकुण्ठ मानन्धरले कायम राखेको कीर्तिमान तोड्ने लक्ष्य राखेका थिए । सोही अनुसार उनले तयारी समेत पुरा गरेका थिए ।

नेपालबाट गोपीसहित पौडीकी गौरिका सिंह, एलेक्स शाह तथा सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा प्रतिनिधित्व गर्ने बताइएको थियो ।

Facebook Comments Box