°
, June 1, 2023 in

सात महिनामै बर्खास्तीमा परे ग्राहम पोटर

SHARE:

चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरलाई ७ महिनामै बर्खास्तीमा परेका छन्। ट्रान्सफर मार्केटमा ठूलो रकम खर्चिए पनि प्रदर्शन सुधार गर्न नसकेपछि चेल्सीले मुख्य प्रशिक्षक बर्खास्त गरेको छ।

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग हातबाट २–०ले पराजित भएको २४ घण्टा नबित्दै चेल्सीले पोटरलाई बर्खास्त गरेको हो।

पोटर यो सिजन प्रमियर लिगबाट बखाृस्तीमा पर्ने १३औं प्रशिक्षक हुन्। त्यसअघि लेस्टर सिटीका ब्रेन्डन रोजर्स, एभर्टनका फ्रांक लाम्पार्ट, एस्टन भिल्लाका स्टेभन जेरार्ड, चेल्सीका टुचेललगायत बर्खास्त भएका थियो।

सिजनको सुरआतमै थोमस टुचेल बर्खास्तीमा परेपछि पोर्टर लन्डन क्लब सम्हाल्न आएका थिए। पोटरको प्रशिक्षणमा चेल्सी ३१ खेलमा १२ खेल मात्र जितेको थियो भने ११ खेलमा पराजित भएको छ।

चेल्सी लिगको ११ औं स्थानमा छ र शीर्ष चारबाट १२ अंक पछाडि छ। अर्को सिजन च्याम्पियन्स खेल्ने उसको सम्भावना पनि कठीन बन्दै गएको छ।

यसै सिजनका लागि चेल्सीले नयाँ खेलाडीमा पाँच करोड ५० लाख पाउन्ड खर्च गरे पनि टिमको प्रदर्शन निराशाजनक रहेको छ । क्लबले पोटरको प्रदर्शनबाट आफूहरू निराश भएको पनि बताएका छन्।

SHARE: