फर्नान्डेस चम्किँदा युनाइटेड विजयी

पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नाडेसले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सहज जित हात पारेको छ । लिगअन्तर्गत मंगलबार भएको एकमात्र खेलमा फर्नान्डेसको २ गोलमद्दतमा युनाइटेडले ब्राइनटमाथि ३–०को जित निकालेको हो ।

जितसँगै युनाइटेड पाचौं स्थानमा उक्लिएको छ र च्याम्पियन छनोटको दौडमा आफूलाई कायमै राखेको छ । ३२ खेलमा युनाइटेडको ५२ अंक भएको छ । वुल्भ्ससँग समान अंक भएपनि गोलअन्तरमा युनाइटेड पाचौं स्थानमा उक्एिको हो ।

युनाइटेडका लागि १६औं मिनेटमा मासोन ग्रीनउडले गोल गर्दै अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेजले २९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा एक गोल थप्यो । ५०औं मिनेटमा फर्नान्डेज व्यक्तिगत दोस्रो गोल गरे ।

खेलमा युनाइटेडले ६३ प्रतिशत बल पोजेसन बनाउँदै ब्राइटनको पोस्टमा १२ सट प्रहार गरेको थियो । जसमध्ये ६ सट फ्रेममा थियो । यता, ब्राइटनले ७ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *