टेनिस स्टार दिमित्रोभमा देखियो कोराना

बुल्गेरियन टेनिस स्टार ग्रिगोर दिमित्रोभमा कोरोना संक्रमण देखिएको छ । एड्रिडा टुरका क्रममा सर्बिया र क्रोएसिया पुगेका दिमित्रोभलाई कोरोना संक्रमण देखिएको हो । विश्व टेनिसमा दिमित्रोभ १९ वरियतामा छन् ।

दिमित्रोभले इन्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् । कोरोना देखिएपछि दिमित्रोभले एड्रिडा टुरबीचमै छाडेका छन् । उनले दर्शकबीच सर्विया र क्रोएसियामा भएको एड्रिडा टुरका दुई खेल खेलेका थिए ।

‘कोरोना परिक्षणको नतिजा पोजिटिभ आएको छ । यसबीचमा मेरो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न र सावधानी अपनाउन अनुरोध गर्छु,’ दिमित्रोभले इन्स्टाग्राममा लेखेका छन्, ‘मैले गरेको कुनै पनि क्षतिका लागि म दुस्खी छु । म घर फर्किएर आराम गरिरहेको छु । समर्थनको लागि धन्यवाद ।’

क्रोसियाको जाडरमा भएको दोस्रो प्रतियोगितामा शनिबर बोर्ना कोरीसँग पहिलो खेलमा पराजित भएपछि बिरामी भएका दिमित्रोभले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । दिमित्रोभमा कोरोना देखिएपछि आइतबार हुने भनिएको फाइनल भने रद्द गरिएको छ ।

एड्रिडा टुर विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले आयोजना गरेका हुन् । जोकोभिचले कोरोना भाइरस महामारीका कारण खेल नभएकोले खेलाडीको फटनेसका लागि टुर आयोजना गरेका हुन् । जसमा जोकोभिचसहित एलेक्जेन्डर जेभरेभ र डोमिनिक थिएमस खेलाडीहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *