ग्रुप ‘बी’ : अन्तिम १६ को लडाईंमा पोर्चुगल, स्पेन र इरान

ग्रुप बीका आन्तिम खेलमा आज राति ११ः४५ मा पोर्चुगल र इरानबीच प्रतिस्पर्धा हुँदैछ भने सोही समयमा स्पेन र मोरक्को भिड्दै छन् । आजको खेलले ग्रुप बीबाट अन्तिम १६ मा पुग्ने दुई टिमको छिनोफानो गर्ने छ । यो ग्रुपमा सामान एक जित र एक बराबरी निकालेका स्पेन र पोर्चुगल पहिलो र दोस्रो स्थानमा छन् भने मोरक्कोलाई पराजित गरेको इरान तीन अंकका साथ तेस्रो स्थानमा छ ।

निर्णायक खेलमा युरो च्याम्पियन पोर्चुगल र एसियन इरान आसपमा प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो चरण प्रवेशका लागि पोर्चुगललाई बराबरी पर्याप्त हुने छ, तर पोर्चुगल पराजित भयो भने प्रतियोगिताबाटै बाहिरिने सम्भावना हुन्छ । त्यस्तै इरानलाई भने जित निर्विकल्प छ । बराबरीले पनि इरानको सम्भावना भने रहन्छ, तर त्यसका लागि मोरक्कोले स्पेनलाई ठूलो गोल अन्तरमा पराजित गर्नुपर्छ ।

सुरुवाती दुई खेलमा सनसनीपूर्ण प्रदर्शन गरेका स्टार क्रिस्टियानो रोनाल्डोले इरानविरुद्ध पनि उकृष्ट प्रर्दशन गर्ने अपेक्षा गर्न सकिन्छ । रोनाल्डोबाहेक अन्यको प्रदर्शन औसत रहेकाले पोर्चुगलको आशा रोनाल्डो मै छ । डिफेन्सिफ खेल्ने इरान पोर्चुगलका लागि त्यति सहज भने हुने छैन ।

त्यस्तै ग्रुप बीकै अर्को खेलमा पूर्वविजेता स्पेनले मोरक्कोको सामना गर्ने छ । मोरक्कोविरुद्ध जित हात पार्दै समूहविजेताका रुपमा नकआउट चरण प्रवेश गर्ने लक्ष्यमा स्पेन हुने छ । तर, स्पेनलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त छ ।

२०१० को विश्वविजेता स्पेन पराजित भए तथा पोर्चुगललाई इरानले हराए ग्रुप बीबाट नकआउट चरण पुग्ने टिमको छिनोफाना गोलअन्तरका आधारमा हुनेछ ।