°
, June 7, 2023 in

गुल्सन झा बने यू–१९ टिमको कप्तान

SHARE:

गुल्सन झा यू–१९ क्रिकेट टिमको कप्तान बनेका छन्। आसन्न यू–२० विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले गुल्सनलाई कप्तान बनाएको हो।

नेपाली राष्ट्रिय टिमका सदस्य समेत रहेका गुल्सन यू–१९ टिमका सबैभन्दा अनुभवी खेलाडी हुन्। मुख्य प्रशिक्षक जगत टमटाले गुल्सन र देव खनाललाई समेट्दै १४ सदस्यीय टिम घोषणा गरिसकेका छन्।

सन् २०२४मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपको एसियन छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने भएको छ। युएईमा हुने छनोटमा नेपालले फागुन १२ गते सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपालले फागुन १३ गते कुवते, फागुन १५ गते हङकङ, फागुन १६ गते मलेसियासँग खेल्ने तालिका छ । यस्तै, समूहको अन्तिम खेलमा नेपालले फागुन १८ गते आयोजक युएईको सामाना गर्ने छ।

सन् २०१६ पनि यू–१९ विश्वकप खेल्ने योजनामा रहेको नेपालले सो योजना पुरागर्न समूहमा शीर्ष स्थानमा रहनुपर्नेछ।

SHARE: