°
, June 2, 2023 in

करणको स्थानमा गुल्सनले विश्वपक छनोट खेल्ने, तीन दिनभित्र ओमान पुग्ने

SHARE:

नेपाली युवा फास्ट बलर गुल्सन झाले टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने भएका छन्। यसअघि नै राष्ट्रिय टिममा डेब्यू गरिसकेका गुल्सनले करण केसीको स्थानमा विश्वकप छनोट खेल्न पाउने भएका हुन्।

अभ्यासका क्रममा बलिङ अलराउन्डर करण केसीको ढाटमा समस्यादेखि पछि नेपाल क्रिकेट संघ क्यानले करणको स्थानमा गुल्सनलाई ओमान पठाउने निर्णय गरेको हो। ढाडकै समस्याका कारण करणले ओमानमै भएको चारदेशीय सिरिज पनि गुमाएका थिए।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेकै सल्लाहमा क्यानले करणको स्थानमा गुल्सनलाई ओमान पठाउने भएको हो । क्यानले गुल्नसलाई भिसा प्रक्रिया मिलाएर तीनदिन भित्रै ओमान पठाउने तयारी गरेको छ।

‘करणको ढाठको समस्या ठिक नभएकाले गुलशनलाई ओमान पठाउन लागिएको हो । ‘भिसा प्रक्रिया पूरा गरेर गुलशन दुईदेखि तीन दिनमा ओमान पुग्ने छन्,’ क्यानको कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लले भने।

यसअघि नै चोटका कारण सोमपाल कामीलाई गुमाइसकेको नेपाली टिममा अहिले अविनाश बोहरा, कमल सिंह ऐरी र जितेन्द्र मुखिया फास्ट बलर छन् । लोअर अर्डरमा आक्रमक ब्याटिङ गर्न सक्ने करण र सोमपाल नहुँदा नेपाललाई केही समस्या हुने छ। नेपाली टिममा बलिङ अलराउन्डर खाँचो भएकाले गुल्सनलाई पठाउन लागिएको कार्यवाहक सचिव मल्लले बताए ।

नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ। नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ।

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ। नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

SHARE: