युवा बलर गुल्सन काठमाडौं किंग्समा

नेपाली राष्ट्रिय टिमका युवा बलर गुलशन झा आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्स इलावेनमा आबद्ध भएका छन्। १७ वर्षीय गुल्सनलाई काठमाडौं किंग्सले चौथो संस्करणको इपिएलका लागि टिममा अनुबन्धन गरेको जनाएको छ।

मेयर्स कप क्रिकेट प्रतियोगिताको एउटा खेलबाटै चर्चा कमाएका गुल्सन अहिले नेपाली टिमसँगै ओमानमा छन्। उनी पहिलो पकट राष्ट्रिय टिममा परेका हुन्।

असोज ९ देखि २३ गतेसम्म आयोजना हुने इपिएलमा काठमाडौंको सन्दीप लामिछानेले गर्ने छन् । प्रतियोगिताका लागि उसले पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीलाई पनि अनुबन्धन गरेको छ।