नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन्। युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध विकेट लिँदै ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटको खाता खोलेका हुन्।
शारजाह क्रिकेट स्टेडियममा पहिलो इनिङमा ज्ञानेन्द्रले २४औं ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका प्रमुख ब्याट्सम्यान कप्तान असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए । ठूलो सट खेलेका भाला मिडअनमा क्याच हुन पुगेका थिए ।
ज्ञानेन्द्रले पहिलो पटक ओडिआईमा बलिङ गरेका हुन् । ज्ञानेन्द्रले पार्ट टाइम स्पिनरको रुपमा बलिङ गरेका हुन् । उनले नेपालका लागि १६ एकदिवसीय र ४० टि–२० आई खेल खेलेका छन्।