°
, June 1, 2023 in

ज्ञानेन्द्र र रोहितले भने– भोलिसम्म सबै पैसा दिने प्रतिबद्धता पछि खेल्न राजी भयौं

SHARE:

कीर्तिपुरस्थित टियू मैदानमा अहिले नेपाल टि–२० लिग जारी छ। नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोतिगा विवादै विवादमा रुमल्लिएको छ, र उसको भविष्य अन्योलमा परेको छ।

आज बिहानका लागि तय भएको काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल करिब २ घन्टा ढिलो सुरु भयो। आयोजकले खेलाडी पैसा नदिएपछि दुवै टिमले टस गर्न अस्वीकार गरेका थिए।

क्यानले दुवै खेलाडीका खेलाडीसँग छलफल गर्दै आज र भोलिमा खेलाडीको सबै पैसा दिने प्रतिबद्धता गरेपछि खेल भएको छ। विवादबीच खेल ढिला भएपछि ९ ओभर मात्र खेलाइएको थियो।

खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै विराटनगरका कप्तान रोहितकुमार पौडेलले आज र भोलिमा सबै पैसा दिने प्रतिबद्धता पनि आफूहरु खेल खेल्न तयार भएको बताए । उलने भने, ‘सबै पैसाकै कुरा थियो, क्लबका मालिकसँग कुरा गर्दा क्यानसँग कुरा गर्न भन्नुभयो, त्यसपछि हामीले क्यानसँग कुरा गरेका हौं, क्यानका पदाधिकारीले आज अतवा भोलिसम्म पेमेन्ट गर्ने प्रतिबद्धता जनाउनु भएको छ।’

यस्तै, काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले लिगमा वास्तविक के भइरहेको थाहा नभएको बताए । टिमको सन्दर्भमा चाहिँ आफूसँग पहिला गरिएका बाचाहरु पुरा गर्नुपर्ने आफूहरुको माग भएको उनले बताए ।

‘विदेशी तथा स्वदेशी खेलाडीले वाचा अनुसार तलब पाएका छैनन्, टिमका ओनरहरु सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘टिम ओनरहरुसँग सम्पर्क नभएकाले हामीले क्यानबाट ‘कंक्रिट’ कुरा आओस भन्ने चाहेका हौं। सबै टिमको अवस्था त्यस्तै छ। हाम्रा कुरा सम्बोधन गर्नुपर्छ।’

प्रतियोगिता अघि नै दिनुपर्ने बतल प्रतियोतिगा सकिँदै लाग्दा पनि नदिएकाले आफूहरुले बाध्य भएर क्यानसँग प्रतिबद्धता खोज्दै खेल खेल्न तयार नभएका हौं । उनले भने, ‘हामीले खेल खेल्दै नखेल्ने भनेका होइनौं, हामीले तबल आउने ग्यारेन्टीमात्र खोजेका हौं, उहाँहरुले आज राति या भोलिसम्म सबै कुरा हुने भन्नु भएको छ, त्यसपछि हेरौं के हुन्छ ।’

SHARE: