कतार विश्वकपमा मोरक्कोलाई सेमिफाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका विंगर हाकिमी जियासले विश्वकप खेले वापत आफूले पाउने सम्पूर्ण रकम च्यारिटीमा दिने घोषणा गरेका छन्।
२९ वर्षीय विंगल जिसायसले विश्वकपबाट आउने रकम च्यारिटी र टिमका सदस्यहरूलाई दिने बताएका छन्। मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलसम्म पुग्दा जियासले दुई लाख ६२ हजार पाउन्ड कमाएका थिए।
यसअघि पनि जियासले मोरक्कोका फुटबल टिम, अस्पताल र गरिबलाई सहयोग गर्ने संस्थाहरूलाई सहयोग गर्ने गरेका थिए।
वालिद रेग्राग्वीले राष्ट्रिय टिमको नेतृत्व सम्हालेपछि जियासले सन्यास फिर्ता लिँदै विश्वकप खेलेका हुन्।