हरिसिद्धि ब्याडमिन्टन : रदिप र विकासको जोडीको बिजयी सुरुवात

Read Time:4 Minute

हरिसिद्धि ब्याडमिनटन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याडमिन्टनन प्रतियोगिता २०७८ बिहिबारबाट सुरु भएको छ । प्रतियोगिताको सांसद राजकाजी महर्जनले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिप महर्जन र बिकास महर्जनको जोडीले पुरुष युगल तर्फ बिजयी सुरुवात गरेका छन् । महर्जन जोडीले ईरा ब्याडमिन्टन क्लबका अनमोल के।सी। र विपिन श्रेष्ठको जोडीलाई २१–२, २१–६ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । यस्तै बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीले पनि जित हात पारे । उक्त जोडीले कास्कीका बिशेष बस्नेत र यासिक्सन गुरुङ्गलाई २१–१२, २१–१३ को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा एपिएफका पेम्बा शेर्पा र चितवनका राजू थापाको जोडीले पनि जित निकाल्दै दोश्रो चरणमा स्थान बनाए । उक्त जोडीले वाईसिबिसीका अशिम गुरुङ्ग र नेल्सन राईको जोडीलाई २१–६, २१–११ ले हराए ।

दोश्रो चरण प्रवेश गर्ने क्रममा टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीले डेभिड महर्जन र दिनेश महर्जनको जोडीलाई १३–२१, २१–१३, २१–१६, भक्तपुरका ध्रुव पाठक र यशराज राईको जोडीले हरिसिद्धि ब्याडमिन्टन क्लबका विक्रम महर्जन र धर्म महर्जनको जोडीलाई २१–१२, २३–२१ ले, राम प्रसाद चौधरी र धिरेन्द्र पटेलको जोडीले भानुदय ब्याडमिन्टन क्लबका अजय महर्जन र साजन मजर्हनको जोडीलाई १९–२१, २१–९, २१–१३ ले हराए।

यस्तै? साईनोका अभिषेक बोस र सुजन थापाको जोडीले श्रीकृष्ण ब्याडमिन्टन क्लबका पूर्ण बास्तोला र सुजन तोलाङ्गेको जोडीलाई २१–५, २१–६ले पराजित गर्दा बालकुमारी रिमिक्स क्लबका ज्ञान कुमार र राकेश शाक्यको जोडीले आयोजकका संजीप महर्जन र सोहन महर्जनको जोडीलाई २१–९, २१–९ले हरायो ।

यस्तै? दीपक ब्याडमिन्टन एकेडेमीका सुपाल बादे र राम मगर, ठेचो ब्याडमिन्टन क्लबका आरसी बिष्ट र सुरज श्रेष्ठ, आईबिएससीका मदन डङ्गोल र सुदीप श्रेष्ठ, लुभुका सुरेश कोईराला र सुरोजदीप सिंह र प्रमोद महर्जन र सुमन महर्जनको जोडी पनि विजयी भयो ।

प्रतियोगितामा यू–१९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथी गर चार विधामा प्रतिस्पर्धा हुने छ । यु १९ पुरुष एकल तर्फ ५० खेलाडी, महिला एकल तर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ बर्ष माथी २१ जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

१५ लाख अनुमानित लागत रहेको प्रतियोगितामा यु १० पुरुष तथा महिला तर्फ उत्कृष्ट तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ५ हजार, पुरुष युगल तर्फ ५० हजार २५ हजार र १० हजार तथा भेट्रान तर्फ ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल टफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यान सदस्य छुम्बी लामा भन्छन्– खेलाडीलाई कारबाही गर्ने निर्णय उग्रवादी र अपमानजनक छ
Next post चेल्सी रोकिँदा लिभरपुलको जित
Close