ह्यारी केनले जिते गोल्डेन बुट र प्लेमेरक अवार्ड

टोटनह्यामका स्ट्राइकर ह्यारी केनले यो सिजन इपिएलको गोल्डेन बुट र प्लेमकर अवार्ड दुवै जितेका छन् । यो सिजन टोटनह्यामले राम्रो प्रदर्शन नगरेपनि केन भने निकै फर्ममा रहे।

चोटका कारण सिजनका पुरै खेल खेल्न नसके पनि केनले लिगमा सर्वाधिक २३ गोल र सर्वाधिक १४ असिस्ट गर्न सफल रहे ।

गोल्डेन बुटको रेसमा लिभरपुलका मोहम्मद सलाह २२ गोलसहित दोस्रो स्थानमा रहे भने म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस १८ गोलसहित तेस्रो स्थानमा रहे।

केनले यो सिजन सबै प्रतियोगितामा गरी ४९ खेलमा ३३ गोल गरेका छन्। १२ सिजन टोटनह्याममा बिताएका केनले ३३६ खेलमा २२१ गोल गरेका छन्।

सम्भवतः टोटनह्याममा कनेको यो अन्तिम सिजन हो । १२ सिजन बिताएपनि कुनै पनि उपाधि जित्न असफल भएपछि केनले केही समयअगाडि टोटनह्याम छाड्ने संकेत गरेका थिए। उनले आफू व्यक्तिरुपमा सफल भएपछि टिमका रुपमा पनि सफल हुन चाहेको बताएका थिए।

सन् २०१९मा च्याम्पियन्स लिग फाइलन पुग्नु नै केनको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो। उनलाई भित्र्याउन प्रियिमर लिगकै म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र चेल्सीले चासो देखाएका छन्

Facebook Comments Box