°
, June 1, 2023 in
क्लब फुटबलफुटबलसमाचार

केन भित्र्याउन रियल मड्रिडको प्रस्ताव

SHARE:

स्पेनिस जायन्ट रियल मड्रिडले टोटनहम स्टार ह्यारी केनलाई भित्र्याउन इच्छा देखाएको छ। सोहीअनुसार रियलले केन सक्षम अनुबन्धनको प्रस्ताव गरेको छ।

रियल करिम बेन्जिमाको ब्याकपअका रुपमा नयाँ सिजन स्ट्राइकरको खोजीमा छ। सिजनको अन्त्यतिर चोटले सताएपछि बेन्जिमाले फर्म गुमाएका छन्। त्यसैले रियलको उनको विकल्पको खोजीमा छ।

सोही अनुसार रियलले केन भित्र्याउन चाहेको हो। रियलले केनका लागि टोटनहम सक्षम ८० देखि १ सय मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको छ।

टोटनहम तयार भए रियलले बेल्जियन स्टार इडेन हाजार्ड दिएर केही पैसा थप्न पनि रियल तयार भएको बताइएको छ। रियलले केनसँगै युभेन्ट्सका युवा स्ट्राइकर डुसान भ्लाहोभिचलाई पनि आफ्नो सूचीमा राखेको छ।

व्यक्तिगत रुपमा निरन्तर उत्कृष्ट प्रदर्शन गरेपनि टिमले कुनै पनि उपाधि जित्न नसकेपछि केन टोटहम छोड्ने तयारीमा छन्। केनले सम्झौता नवीकरण गर्ने नदेखेपछि टोटनहम पनि यही समरमा केनलाई बेच्न चाहन्छ।

समरमा केनलाई बेच्न सके टोटनहमलाई पनि फाइदा हुनेछ । किनभने अर्को सिजको अन्त्यसँगै टोटनहमसँग केनको सम्झौता सकिँदैछ।

केनलाई भित्र्याउन रियलसँगै जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले पनि चासो देखाएको छ।

SHARE: