म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायरविरुद्ध ग्रिक अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ । ग्रिकका एक बारमा झगडामा मुछिएका मग्वायरलाई बुधबार अदालतले २१ महिना १० दिनको जेल सजाय सुनाएको हो ।
म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइलनबाट बाहिरएपछि मग्वायर केही साथीहरुसँग बिदा मनाउन ग्रिक पुगेका थिए । ग्रिक आइल्यान्डको माइकोनोसको एक बारमा झगडा गरेपछि मग्वायर गत शुक्रबार राति पक्राउ परेका थिए । २४ घण्टापछि मग्वायर रिहा भएका थिए ।
मग्वायरको मुद्दाको सुनुवाई गर्दै ग्रिक अदालतले आक्रोशित आक्रमण, गिरफ्तारीको विरोध तथा बारम्बार घुस दिने प्रयासमा उनलाई दोषी ठहर गरेको छ । बार बाहिर भएको झगडामा संग्लग्न भएको ग्रिक प्रहरीले दाबी गरेको छ । तर, मग्वायरले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् । उनले अदालतको यो फैसलाविरुद्ध पुनः अपिल गर्ने बताएका छन् ।
यसैबीच ग्रिक अदालतले जेल सजायको फैसला गरेपछि मग्वायर युइएफए नेसन्स लिगको इंग्लिस टिमबाट निकालिएका छ । मंगलबार प्रशिक्षक गेराथ साउथगेटले मग्वायरलाई समेट्दै नेसन्स लिगका दुई खेलका लागि २४ सदस्यीय टिमको घोषणा गरेका थिए ।
इंग्ल्यान्ड नेसन्स लिगको लिग एको समूह २मा छ । सो समूहमा इंग्ल्यान्ड, आयरल्यान्ड, डेनमार्क र बेल्जियम छन् । नेसन्स लिग अन्तर्गत इङ्ल्याण्डले सेप्टम्बर ५ मा आइसल्यान्ड र सेप्टेम्बर ८ मा डेनमार्कसँग खेल्नेछ ।