इन्डियन्स इन्डिनय प्रिमियर लिग (आईपीएल)को १५औ संस्करण शुक्रबार रातिबाट सुरु भएको छ। आईपिएलका १५औं संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्यिन मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लेर भिडे।
अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा बैंग्लोर विजयी भयो । हर्षल पटेल बलिङमा र एबी डी भिलियर्स ब्याटिङमा चम्किएपछि बैंग्लोरले मुम्बईलाई २ विकेटले हरायो । योसँगै मुम्बई सन् २०१३ यता प्रतियोगिताको सुरुवाती खेल अहिलेसम्म जित्न सकेको छ्रैन, तर त्यसयता उसले ५ पटक आईपिएल उपाधि भने जितिसकेको छ।
चेन्नाइस्थित एम चितम्बरम स्टेडियममा पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १६० रनको लक्ष्य बैंग्लोरले अन्तिम बलमा ८ विकेटको क्षतिमा भेट्टायो । बैंग्लोरका लागि ब्याटिङमा एबी डे भिलियर्सले सर्वाधिक ४८ रन बनाए । अन्तिम ओभरको चौथो बलमा रनआउट हुनुअघि उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
यस्तै, ग्लेन म्याक्सवेलले २८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रन बनाउँदा कप्तान विराट कोहलीले २९ बलमा ३३ रन बनाए । मुम्बईमा जस्प्रित बुमराह र मार्को जेन्सनले समा १ विकेट लिए भने क्रुनल पाण्ड्या र ट्रेन्ट बोल्टले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । मुम्बईका लागि ओपनर क्रिस लिनले सर्वाधिक ४९ रन बनाए । उनले ३५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै सूर्यकुमार यादवले ३१ र विकेटकिपर इशान किसनले २८ रन जोडे । बेंगलोरका हर्सनल पटेलले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । यस्तै डेब्युटान्ट केल जेमिसन र वासिङ्टन सुन्दरले समान १ विकेट लिए।