समूह चरणमा लागातार दोस्रो जित निकाल्दै श्रीलंका युएई र ओमानमा जारी टि–२० विश्वकपको सुपर १२मा प्रवेश गरेको छ। बुधबार राति अबुधाबीमा भएको खेलमा आयरल्यान्डलाई ७० रनले हराउँदै श्रीलंका सुपर १२मा प्रवेश गरेको हो। यसअघि पहिलो खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ७ विकेटले हराएको थियो।
अबुधावीमा श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १०१ रनमै समेटियो। उसका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए भने कर्टिस क्याम्फरले २४ रन बनाए । आयरल्यान्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानले ३ तथा लहिरु कुमारा र चामिका करुनारत्नेले समान २ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ श्रीलंकाले २० ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। उसका वानिन्दु हसरंगाले सर्वाधिक ७१ रन बनाए । यस्तै, पाथुम निसान्काले ६१ र डसुन शनकाले अविजित २१ रन बनाए । आयरल्यान्डका जोस लिट्टलले ४ र मार्क एडियरले २ विेकटथ लिए।