°
, June 1, 2023 in
0

प्रिमियर लिगमा चेल्सीको सानदार सुरुवात

SHARE:

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार सुरुवात गरेको छ । पहिलो खेलमा चेल्सीले ब्राइटनलाई उसकै मैदानमा ३–१ले पारजित गर्दै प्रिमियर लिगमा सानदार सुरुवात गरेको हो ।

खेलाडी ट्रान्सफरमा ठूलो रकम खर्चिएको चेल्सीलाई सुखद् सुरुवात दिलाउने क्रममा जर्गिन्हो, रेइस जेम्स र कर्ट जुमाले गोल गरे भने ब्राइटनका लियान्ड्रो ट्रोसार्डले १ गोल गरेका थिए ।

२३औं मिनेटमा कप्तान जर्गिन्होले गोल गर्दै लन्डन क्लबलाई सुरुवाती अग्ता दिलाए । ब्राइटनका गोलकिपरले टिमो वार्नरलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जर्गिन्होले सहजै गोल गरेका थिए । पहिलो हाफा १–० मै सकियो ।

५४औं मिनेटमा ट्रोसार्डको गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए र खेल १–१ गोलको बराबरीमा ल्याए । तर, त्यो बरारबी धेरैवेर कामय रहेन । ५६औं मिनेटमै जेम्सले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । जेम्सको पासमा चेल्सीका डिफेन्डर जुमाले ६६औं मिनेटमा गोल गरेपछि चेल्सीले ३–१को सहज जित निकाल्यो ।

यो सिजन ६ खेलाडी किनेको चेल्सीले तीमध्ये २ खेलाडीलाई डेब्यु गराएको थियो । उसले ठूलो रकम खर्चिएका दुई जर्मन खेलाडी काइ हाभर्ट्ज र टिमो वार्नर सुरुवातमै खेलाएको थियो । दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । वार्नरले मैदनमा ९० मिनेट नै बिताए पनि गोल भने गर्न सकेनन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *