नेपालका हेमन्त पालले एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार ३ कांस्य पदक जितेका छन्।
हेमन्तले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै यस्तो उपलब्धि हासिल गरेका हुन्। हेमन्तले पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जिते।
हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जनाएका छन्। भारतको नोयदामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गरे।
हेमन्तको स्पर्धामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए। सो स्पर्धामा थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जित्यो।
प्रतियोगितामा नेपालका २ खेलाडी सहभागी छन्। पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्ने छन्। सञ्जयको पनि यो ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।