थ्री स्टारसँग हेमन्तले गरे दुई वर्षको सम्झौता

नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हेमन्त थापामगर ललितपुरे क्लब थ्री स्टारमा आबद्ध भएका छन्। सहिद स्मारक ए डिभजिन लिग नजिकिँदै गर्दा थ्री स्टारले युवा मिडफिल्डर हेमन्तसँग २ वर्षको सम्झौता गरेको हो।

नेपाली राष्ट्रिय टिमबाट पनि प्रतिनिधित्व गरिसकेका हेमन्तले उमेर समूह यू १४ र यू १६ र यू १९बाट खेलिसकेका छन्। उनले गत असोजमा पोखरामा आयोजना भएको राष्ट्रिय फुटलस लिग खेलेका थिए । द राइजिङ स्टार क्लबबाट खेलेका उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । राइजिङ स्टार क्लब प्ले अफसम्म पुगेको थियो।

कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, आयुष घलान, डोना थापा, मनाग्य नकर्मी लाकेन लिम्बु, राफायल बिडीएस रिम र निशान खड्कालगायतसँगको सम्झौता नवीकरण गरिसकेको छ ।