हिमालयन शेर्पालाई नेपाल आइसको साथ

ए डिभिजन क्लब हिमालयन शेर्पालाई नेपाल आसइसले प्रायोजन गरेको छ। सिजी ब्रुअरीको नेपाल आइसले हिमालयन शेर्पालाई आसन्न ए डिभिजन लिगका लागि मुख्य प्रायोजन गरेको हो।

हिमालयन शेर्पा र सिजी ब्रुअरीबीच बुधबार प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो। सम्झौता पत्रमा हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्जु दोर्जे शेर्पा र सिजीका बिजनेस प्रमुख प्रदीप पुडासैनीले स्ताक्षर गरे ।

यस्तै हिमालयन शेर्पाले केटीएम सिटीसँग किट्स प्रायोजन सम्झौता पनि गरेको छ। बुधबार नै कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटीएम सिटीका सिईओ निमा शेर्पाले किट्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ । अब शेर्पाले ए डिभिजन लिगमा केटीएम सिटीको जर्सी लगाएर खेल्नेछ ।

३ गतेबाट सुरु हुने ए डिभिजन लिगमा हिमालयन शेर्पाले पहिलो खेल शनिबार संकटा क्लबसँग खेल्नेछ ।