पुरुष हक्कीको उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

Read Time:2 Minute

विराटनगरमा जारी कांग्रेस पूर्वसभापित तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्कीकाे उपाधिका लागि नेपाली सेना र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्।

शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । गण्डकीका रोहित लामाले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका केशवराज जोशी घोषित भए ।

दोस्रो खेलमा नेपाली सेनाले लुम्बिनी प्रदेशलाई ५–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सेनाका रोमन राणाले ४ गोल र राजेन्द्र कार्कीले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच सेनाका रंजित राउत घोषित भए ।

शनिबार बिहान तेस्रो स्थानका लागि गण्डकी प्रदेश र लुुम्बिनी प्रदेशबीच खेल हुनेछ भने दिउँसो फाइनल खेल नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिए ।

१२ चैतसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बी डिभिजन लिग : रेलिगेसन दबाबमा बोइज युनियन, टुसालले वीरगञ्जलाई हरायो
Next post मछिन्द्र राजर्षी जनक गोल्डकपको फाइनलमा, उपाधिका लागि मकवानपुरको पिप्ले क्लबसँग खेल्ने
Close