ट्रिनिटाड एण्ड टोबागोमा जारी क्यारेबियन प्रियिमर लिग (सिपिएल)मा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पहिलो पटक विकेट बिहीन भएका छन् ।
यसअघिका ९ वटै खेलमा विकेट लिएका सन्दीप मंगलबार राति ब्रायन लार क्रिकेट एकेडेमी मैदानमा भएको पहिलो सेमिफाइलनमा ट्रिनबागो नाइट राइर्डसविरुद्ध विकेट लिन असफल भएका हुन् । उनले ४ ओभरमा २९ रन खर्चिए ।
सेमिफाइनलमा विकेट लिन असफल भएपनि सन्दीपले प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले ११ खेलमा ५.२७ को इकोनोमीमा १२ विकट लिएका छन् ।
सन्दीप विकेट बिहीन भएको खेलमा उनको टिम जमैका तलावास ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भयो । निकै कमजोर ब्याटिङ प्रदर्शन गरेका जमैकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो ।
१०८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट मात्र गुमाएर भेट्टायो । ट्रिनबोगोको जितमा लिन्डेल सिमोन्सले ५४ र टिओन वेबस्टरले ४४ रनको योगदान दिए । सिमोन्सले ४४ खेल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे भने वेबस्टरले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यी दुई दोस्रो विकेटका लागि नटआउट ९७ रनको साझेदारी गरे । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।
यअसघि पहिला ब्यटिङ गरेको जमैकाका लागि एमक्रुम बोन्नरले सर्वाधिक ४४ रन बनाए भने कप्तान रोभमन पावेलले ३३ रन बनाए । यस्तै, कार्लोस ब्रेथवेटले १३ रन बनए । अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।
जमैकालाई कम योगफलमा रोक्ने क्रममा ट्रिनबागोका अकेल हुसैनले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए । यस्तै, केरी पिर्रेले २, सुनिल नारिन र ड्वायन ब्राभोले समान १ विकेट लिए । हुसैन प्लेयर अफदी म्याच घोषित भए ।
प्रतियोगितामा अपराजित रहँदै ट्रिनबागो फाइनल प्रवेश गरेको छ । उसले लिगका १० वटै खेल जितेको थियो । अब उसले उपाधिका लागि सेन्ट लुसिया जुक्स र गुयाना अमेजोन वारियर्सबीचको विजेतासँग बिहीबार खेल्ने छ ।