धोनीलाई राष्ट्रिय टिममा फर्कन कठीन छ : हरभजन

भारतीय क्रिकेट कन्ट्रोल बोर्डको कन्ट्याक्टबाट बाहिरिएसँगै भारतीय ‘लिजेन्ट’ क्रिकेटर महेन्द्रसिंह धोनीको अन्तर्राष्ट्रिय क्रिकेटको भविष्यका विषयमा विभिन्न अड्कल बाजी भइरहेका छन् । बिसिसिआईको कन्ट्याक्टबाट बाहिरिएसँगै धोनीको अन्तर्राष्ट्रिय क्रिकेट करिअर लगभग सकिएको धेरैले अनुमान लगाएका छन् ।

धोनीका विषयमा यस्तै अनुमान अफ स्पिनर हरभजन सिंहको पनि छ । उनले अब धोनीलाई भारतीय टिममा स्थान बनाउन निकै कठीन हुने बताएका छन् । आगमी वर्ष हुने टी–२० विश्वकप खेल्ने चाहना राखेका धोनीले आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेपनि राष्ट्रिय टिममा उनको पुनरागमन असम्भव जस्तै भएको हरभजनको बुझाई छ ।

‘धोनीले आईपिएलमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छु । तर, मलाई लाग्दैन त्यसका बाबजुद उनले भारतीय टिमा स्थान बनाउँछन्’ हरभजनले एक अन्तर्वार्तामा धोनीको भारतीय टिमको पुनरागमनका विषयमा सोधिएको प्रश्नमा भने, ‘त्यसमा ऋषव पन्तको प्रदर्शन पनि निर्भर गर्छ । आईपिएलमा ऋषवले पनि राम्रो खेले उनी नै पहिलो रोजाईमा हुने छन् ।’

हरभजन र धोनी आईपिएल चेन्नई सुपर किंग्सबाट खेल्छन् । धोनीले सन् २०१९ को विश्वकपसम्म मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मनसाय पहिले नै बनाइसकेकाले भारतीय टिममा अब धोनी नदेखिने हरभजन बताउँछन् ।

हरभजनले धोनीको पुनरागमन कठीन भएको बताए पनि बिसिसिआईका एक अधिकारीले धोनीका लागि भारतीय टिमको धोका बन्द भइनसकेको बताएका छन् । ‘कन्ट्याक्ट लिस्टबाट बाहिरिँदैमा धोनी राष्ट्रिय टिममा फर्कनै नसक्ने भन्ने होइन, उनलाई फेरि भारतीय जर्सीमा देख्न सकिन्छ’, ती अधिकारी भनेका छन् ।

कन्ट्याक्ट लिस्ट र भारतीय टिममा खेल्नुको खासै सम्बन्ध नरहेको उनले बताएका छन् । उनका अनुसार पहिला पनि कन्ट्याक्ट बिनै राष्ट्रियबाट खेल्ने थुप्रै खेलाडी छन्, त्यसैले धोनीका लागि राष्ट्रिय टिमको ढोका बन्द भएको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.