आईसिसी अवार्ड : पाकिस्तानका बारब अजाम सर्वोत्कृष्ट खेलाडी, टेस्टतर्फ स्टोक्स उत्कृष्ट

Read Time:2 Minute

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम विश्वकै उत्कृष्ट खेलाडी बनेका छन्। आईसिसीले बिहीबार अजामलाई क्रिकेटकै प्रतिष्ठित सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड प्रदान गर्ने निर्णय गरेको हो।

सर्वोत्कृष्ट क्रिकेटर बन्नेक्रममा अजामले इंग्ल्यान्डका बेन स्टोक्स, जिम्बावेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथीलाई पछि पारे । योसँगै बाबरले ओडीआई प्लेअर अफ दि इयरको अवार्ड समेत जितेका छन्।

पाकिस्तानका खेलाडीले लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन् । अघिल्लो वर्ष यो अवार्ड फास्ट बलर शाहिन शाह अफ्रिदीले यस अवार्ड जितेका थिए। बाबरले वर्ष २०२२ मा ४४ खेलमा ८ शतक र १५ अर्धशतकसहित २ हजार ५९८ रन बनाएका थिए ।

यस्तै महिलातर्फ आईसीसी प्लेअर अफ दी इयरको अवार्ड इंग्ल्यान्डकी अलराउन्डर नाट सिभरले जितिन् । उनले नै आईसीसी ओडीआई प्लेअर अफ दि इयरको अवार्ड समेत जितिन् ।

यसैगरी टेस्टतर्फ पुरुष प्लेअयर अफ दि इयर इंग्ल्यान्डका कप्तान बेन स्टोक्स बनेका छन् भने इमर्जिङ क्रिकेटरको अवार्ड दक्षिण अफ्रिकाका फास्ट बलर मार्को यानसनले जिते। टि–२० तर्फको उत्कृष्ट खेलाडी भारतका सूर्यकुमार यादव भए।

यस्तै, नामिबियाका कप्तान जेरार्ड एरास्मसले एसोसियट क्रिकेटर २०२२ को अवार्ड जिते भने आईसीसी स्पिरीट अफ क्रिकेट अवार्ड नेपालका विकेटकिपर आसिफ शेखले जितेका छन्।

यस्तै, महिलातर्फ टि–२० प्लेअर अफ दि इयर अष्ट्रेलियाका तहलिया म्याकग्राथ र इमर्जिङ क्रिकेटर अफ दि इयर भारतकी रेनुका सिंह बनिन् । महिलातर्फ एसोसिएट क्रिकेटर अफ दि इयर अवार्ड युएईकी इशा ओझा बनिन् । आईसीसी अम्पायर अफ दि इयर इंग्ल्याण्डका रिचर्ड इलिङवर्थ घोषित भए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सूर्यकुमार बने टि–२०का सर्वोत्कृष्ट खेलाडी
Next post सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई
Close