एसिया कप क्रिकट ठिकअघि पाकिस्तान एकदिवसीय क्रिकेटको नम्बर १ टिम बनेको छ। अफगानिस्तानविरुद्धको ३ खेलको सिरिज क्लिनस्विप गरेपछि पाकिस्तान आईसिसीको एकदिवसीय वरियताको शीर्ष स्थान मा उक्लिएको हो।
आईसिसीको नयाँ अपटेड अनुसार अस्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छ।
पाकिस्तानले एसिया कपको पहिलो खेलमा बुधबार नेपालसँग खेल्दैछ। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो।
वरियतामा नेपाल १५औं स्थानमा रहेको छ। नेपालले भारतसँग पनि खेल्दैछ ।