आईसिसीले क्रिकेटको नयाँ वरियता सर्वाजनिक गरेको छ । आईसिसीले सर्वाजनिक गरेको नयाँ वरियतामा वान डेको ब्याटिङतर्फ भारतीय कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मा शीर्ष दुईमा रहेका छन् ।
आईसिसीले बुधबार सर्वाजनिक गरेको नयाँ वरियता अनुसार शीर्ष स्थानमा रहेका कोहलीको ७७१ रेटिङ प्वाइन्ट छ भने दोस्रो स्थानमा रहेका रोहितको ८५५ रेटिङ प्वाइन्ट छ । यस्तै पाकिस्तनका बाबर अजाम तेस्रो स्थानमा छ भने न्युजिल्यानडका रोस टेलर चौथो र दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस पाँचौं स्थानमा छन् ।
यस्तै, बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट शीर्ष स्थानमा छन् । उनको रेटिङ प्वाइन्ट ७२२ छ । दोस्रो स्थानमा रहेका भारतका जस्प्रित बुमराहको ७१९ रेटिङ प्वाइन्ट छ । अफगानिस्तानका मुजिब उर रहेमान तेस्रो, अस्ट्रेलियाका पाट कमिन्स चौथो र दक्षिण अफ्रिकाका कागिसो रबाडा पाँचौं स्थानमा छ ।
वान डेको अलराउन्डतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् भने इंग्ल्यन्डक बेन स्टोक्स दोस्रो स्थानमा छ । यस्तै, पाकिस्तानका इमद वासिम, न्युजिल्यान्डका कोलिन डे इनग्राम र इंग्ल्यान्डका क्रिस वोक्स क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

टेस्टमा क्राउली र एन्डरसनको छलाङ
टेस्ट क्रिकेटको नयाँ वरियतामा इंग्ल्यान्डका ज्याक क्राउली र जेम्स एन्डसरनले छलाङ मारेका छन् । पाकिस्तानविरुद्धको अन्तिम टेस्टमा २६७ रनको पारी खेलेका क्राउली ५३ स्थान माथि उक्लँदै ब्याटिङ वरियतामा २८औं स्थानमा आइपुगेका छन् ।
यस्तै, पाकिस्तानविरुद्ध नै उत्कृष्ट बलिङ गरेका एन्डरसन शीर्ष १०मा फर्किएका छन् । वेस्टइन्डिजविरद्धको टेस्ट सिरिजपछि शीर्ष १०बाट बाहिरिएका एन्डरसन ८आंैं स्थानमा छन् । पाकिस्तानविरद्धको अन्तिम टेस्टमा सात विकेट लिँदै एन्डरसनले टेस्टमा ६ सय विकेट लिएका थिए।
टेस्टको व्याटिङ वरियतामा अस्ट्रेलियाका स्टिभ स्मिथ शीर्ष स्थानमा यथावत छन् भने कोहली दोस्रो स्थानमा छन । यस्तै, अस्ट्रेलियाका मार्नुस लाबुसेन तेस्रो, न्युजिल्यान्डका केन विलियम्सन चौथो र पाकिस्तानका बाबर अजाम पाचौं स्थानमा छ ।
यस्तै, बलिङतर्फ अस्ट्रेलियाका पाट कमिन्स शीष स्थानमा छ । इंग्ल्यान्डका स्टुआर्ड ब्रोड दोस्रो, न्युजिल्यानडका नेइल वाग्नर तेस्रो, न्युजिल्यान्डकै टिम साउदी चौथो स्थानमा छन् भने वेस्टइन्डिजका जासन होल्डर पाचौं स्थानमा छन् । अलराउन्डरमा होल्डर शीर्ष स्थानमा छन् भने स्टोक्स दोस्रो, भारतका रविन्द्र जडेजा तेस्रो, अस्ट्रेलियाका मिचेल स्टार्क चौथो र भारतकै रविचन्द्रन आश्विन पाचौं स्थानमा छन् ।
टि–२०मा बाबर, रसिद र नाबी शीर्ष स्थानमा
आईसिसीले बुधबार जारी गरेको नयाँ वरियतामा टि–२० ब्याटिङ तर्फ पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा छन् । उनको ८७९ रेटिङ प्वाइन्ट छ। यस्तै भारतका केएल राहुल ८२३ रेटिङ प्वाइन्टका साथ दोस्रो स्थानमा छन् भने अस्ट्रेलियाका आरोन फिन्च तेस्रो, कोलिन मुन्रो चौथो र ग्लेन म्याक्सवेल पाँचौं स्थानमा छन् ।

यसैगरी बलिङ तर्फ शीर्ष दुईमा अफगानी खेलाडी छन् । शीर्ष स्थानमा रसिद खान छन् भने दोस्रो स्थानमा मुजित उर रहेमान छन् । अस्ट्रेलियाका एडम जम्पा तेस्रो, अस्ट्रेलियाका एस्टोन अगर चौथो र दक्षिण अफ्रिकाका तब्राइज साम्सी पाचौं स्थानमा छन् । यी पाँचौं बलर स्पिनर हुन् । टि–२०को शीर्ष १० मा ९ जना स्पिनर छन् । शीर्ष १०मा अटाउने फास्ट बलर क्रिस जोर्डनमात्र हुन् । उनी १०औं स्थानमा छन् ।
अलराउन्डरतर्फ अफगानिस्तानकै मोहम्मद नाबी शीर्ष स्थानमा छन् । यस्तै, जिम्बाबेका सेन विलियम्सन दोस्रो स्थानमा रहँदा म्याक्सवेल तेस्रो, स्कटल्यान्डका रिचार्ड बेरिङ्टन चौथो र आयरल्यान्डका गेराथ डेलनी पाँचौं स्थानमा छन् ।