°
, June 7, 2023 in

ओमान लागतार दुई पराजयपछि नेपालको टि–२० वरियता खस्कियो

SHARE:

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा भर्खरै चार देशीय सिरिज खेल्यो । र, सिरिजका तीनमध्ये नेपालले २ खेलमा पराजय बेहो¥यो।

त्यो दुई पराजयको असर आईसिसी टि–२० वरीयतामा पनि परेकोछ। आईसिसीले सोमबार नै अपटेड गरेको नयाँ वरीयता नेपाल एक स्थान तल झरहेको छ।

यअसघि १२औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १३औं स्थानमा आइपुगेको छ।

टि–२० विश्वकपको ग्लोबल छनोटका तयारीका खेलिएको चार देशीय टि–२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो भने युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो।

यता, सिरिजमा २ खेल जितेको युएई १२औं स्थानमा उक्लिएको छ। आयरल्यान्ड १५औं र ओमान १८औं स्थानमा छन्।

टि–२० वरीयताको इंग्ल्यान्ड शीर्ष स्थानमा यथावत छ भने भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ।

SHARE: