आईसिसीले अपटेड गरेको टि–२० वरियतामा ओपनर कुशल भुर्तेल माथि उक्लँदा अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी यथास्थानमै रहेका छन् । यता, कप्तान सन्दीप लामिछानेको वरीयता भने खस्किएको छ।
ब्याटिङ वरियतामा २ स्थान माथि उक्लँदै कुशल २९औं स्थानमा आइपुगेको छन् । यसअघि उनी ३१ स्थानमा थिए । यो नेपाली ब्याट्सम्यानको शीर्ष वरियता हो।
ब्याटिङतर्फ दिपेन्द्रसिंह ऐरी भने ५१औं स्थानमा यथावत रहेका छन्। यता, बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने
बलिङतर्फ लेग स्पीनर सन्दीप लामिछाने एक स्थान तल झरेका छन् । यसअघि ३६औं स्थानमा रहेका सन्दीप ३७औं स्थानमा आइपुगेका छन् । बलिङतर्फ नै अविनाश बोहरा एक स्थानमा माथि उक्लँदै ८१औं स्थानमा आइपुगेका छन्।