अस्ट्रेलियामा यसैवर्ष आयोजना हुने टि–२० विश्वकपको हुने÷नहुने अन्योल अझै कायमै रहेको छ । कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि विश्वकपको भविष्य अझै अन्योलमा परेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को बिहीबारको बैठकले टि–२० विश्पकपमा विषयमा निणर्य गर्ने भनिएको थियो । तर, आईसिसीको बिहीबारको बैठकले विश्वकपमा विषयमा कुनै निर्णय गर्न सकेन । बिहीबारको बैठक अनिर्णित बनेपछि टि–२० विश्वकप पनि थप अन्योलमा परेको हो ।
बिहीबारको बैठकमा टि–२० विश्वकपमा सम्बन्ध आगामी बैठकबाट निष्कर्ष निकाल्ने सहमति भएको छ । आईसिसीको आगामी बैठक जुन २०मा बस्दै छ । केही समय कोरोना महामारीका अवस्था हेर्ने अनि मात्र निर्णय गर्ने भन्दै बिहीबारको बैठकले कुनै निर्णय गरेको बताइएको छ ।
बिहीबारको बैठकमा अन्य एजेन्डाहरुमा पनि छलफल भएपनि कुनै निष्कर्ष भने गरिएन । बैठकपछि विज्ञप्ति निकाल्दै आईसिसीले भनेको छ, ‘कोरोना महामारी अझै मत्थर भइसकेको छैन । क्रिकेटका बारेमा निर्णय गर्नुअघि सरोकारवालाहरुसँग थप परामर्श गर्नुपर्ने देखिएको छ । सबै देशमा कोरोनाको अवस्था हेरेर विश्वकपको मितिलाई निरन्तरता दिने अथवा अन्य कुनै विकल्प अवलम्बन गर्ने निष्कर्षमा पुग्नेछौ ।’
आईसिसीले टि–२० विश्वकपमा विषयमा निर्णय नगर्दा आईपिएल पनि अनिश्चित बनेको छ । आईसीसीले टि–२० विश्वकप सार्ने निर्णय गरे सो समयमा आइपिएल गराउने तयारीमा बिसिसीआई थियो । तर, आईसिसीले कुनै निर्णय नगरेपछि आइपिएल अन्यौल बनेको हो । आईसिसीको निर्णयपछि मात्रै आईपिएलको भविष्य निर्धारण हुने छ ।
टि–२० विश्वकप आगामी अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने तालिका छ । केही सञ्चारमाध्यमहरुले जुन २० मा बस्ने आईसिसीको बैठकले टि–२० विश्वकपलाई सन् २०२२ सम्म सार्ने निर्णय गर्ने उल्लेख गरेका छन् । सन् २०२१ मा भारतमा टि–२० विश्वकप हुने भएका अस्ट्रेलियामा हुने विश्वकप सरे सन् २०२२ मात्रै हुने छ ।