टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्यान्डको टिम घोषणा

आईसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्यान्डले टिम घोषणा गरेको छ। १८ जुनदेखि २२ जुनसम्म साउथह्याम्पटनमा हुने फाइनलका लागि न्यजिल्यान्डले मंगलबार १५ सदस्यीय टिम घोषणा गरेको हो।

भारतविरुद्धको फाइनलका लागि केल विलियम्सनको कप्तानीमा घोषण गरिएको टिममा इंग्लायन्डविरुद्धको सिरिज खेलेकै खेलाडी छन् ।

जसमा टम ब्लुन्डेल, ट्रेन्ट बोल्ट, डेभोन कन्वे, कोलिन डे ग्रान्डहोम, म्याट हेनरी, कायल जेमिन्सन, टम लाथम, हेनरी निकोल्स, अजाज पटेल, रोस टेलर, टिम साउदी, नेइल वाग्नर, बिजे वाटलिङ र विल योडङ छन्।

इंग्ल्यान्डविरुद्धको २ खेलको सिरिज न्युजिल्यानडले १–०ले जितेको थियो।

यसैबीच आईसिसीले टेस्ट च्याम्पियनसिपको विजेतालाई १६ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । सस्तै उपविजेताले ८ लाख डलर पाउने छन्।

Facebook Comments Box