ओलम्पिकमा क्रिकेट सहभागी गराउन आईसिसीले पहल थालेको छ। आईसिसीले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेश गर्न पहल थालेको हो।
क्रिकेट अन्तिम पटक सन् १९०० को ओलम्पिकमा समावेश गरिएको थियो । त्यसपछि ठूला खेलकुद कार्यक्रमहरुमा विरलै खेलिएको छ । आईसीसी अध्यक्ष ग्रेग बार्कलेले ओलम्पिकमा क्रिकेट सहभागिताका लागि सबै एकजुट भएर लागेको बताए। उनले विश्वमा क्रिकेटको अर्बभन्दा धेरै प्रशंसक भएको र तीमध्ये ९० प्रतिशतले ओलम्पिकमा क्रिकेट हेर्न चाहेको बताए।
क्रिकेटको ३२ प्रतिशत समर्थक दक्षिण एसियाबाट छन्, जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानमा यो प्रमुख खेल हो । बार्कले २०२८ को ओलम्पिकमा क्रिकेट खेल समावेश भए अमेरिकामा ३० करोड क्रिकेट प्रशंसकद्वारा स्वागत गरिने बताए ।
आईसीसीले क्रिकेट ओलम्पिकमा समावेश गर्न इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका प्रमुख इयान वाटमोरको अध्यक्षतामा ओलम्पिक कार्यदल गठन गरेको छ । यसमा पेप्सिको इंकका पूर्व सीईओ इन्द्र नूई र यूएसए क्रिकेट प्रमुख पराग मराठे पनि सामेल छन् ।