भारतलाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन

बंगलादेशलाई पहिलोपटक आईसिसीको मुख्य प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राति दक्षिण अफ्रिकामा भएको फाइलनमा डिफेन्डिङ च्याम्पियन भारतलाई ३ विकेटले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

दुई संस्करणमा भारतको यो पहिलो पराजय हो । यू–१९ विश्वकपको सार्वधिक सफल टिम हो । उसले ४ पटक उपाधि जितेको छ । अस्ट्रेलियाले ३ र पाकिस्तानले २ पकट उपाधि जितेको छ ।

वर्षाको कारण ४६ ओभरमा झारिएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । भारतले दिएको १ सय ७८ रनको लक्ष्यसहित बंगलादेशले ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएपछि डीएल पद्दतिको आधारमा बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।

बंगलादेशको जितमा परभेज होसेनले ४७ रन जोड्दा कप्तान अकबर अलीले अविजित ४३ रन बनाए । भारतका रबि बिस्नोईले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४७ ओभर २ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो ।

भारतका लागि भुपेन्द्र कुमार जैसवालले ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तिलक वर्माले ३८ रन जोड्दा धुर्ब जुरेलले २२ रन बनाए । बंगलादेशका अभिषेक दासले ३ विकेट लिए । यस्तै सोरिफुल इस्लाम र हसन साकिबले २र२ विकेट लिए ।

बंगलादेशका कप्तान अकबर अली र भारतका यशस्वी जयस्वाल उत्कृष्ट खेलाडी घोषित भएका छन् । कप्तान अकबर अलीको नेतृत्वमा यो टीम पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.