टि–२० महिला विश्वकपको तालिका सार्वजनिक

न्युजिल्यान्डमा आयोजना हुने टि–२० महिला विश्वकपको ताालका सार्वजनिक भएको छ। आईसिसीले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल आयोजक न्युजिल्यान्डले वेस्टइन्डिजको सामाना गर्ने छ।

प्रतियोगितामा आयोजक न्यूजिल्यान्डसँगै अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, वेस्ट इन्डिज, पाकिस्तान र बंगलादेश गरी ८ टिम सहभागी छन्।

राउन्ड रोविनको आधारमा खेलाइनेछ भने शीर्ष चार टिम सेमिफाइलन पुग्ने छन्। खेल न्यूजिल्यान्डको विभिन्न ६ सहरमा खेलाइने छ। प्रतियोगिताको फाइनल भने अप्रिल ३ मा क्रिसचर्चमा हुनेछ।