क्रिकेटमा फर्कँदै स्टोक्स, एसेजको टिममा परे

इंग्लिस अलराउन्डर बेन स्टोक्ल क्रिकेटमा फर्किने भएका छन्। मानसिक स्वास्थ्यका कारण देखाउँदै गत स्टोक्सले जुलाईमा क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिएका थिए।

आसन्न एसेज सिरिजका लागि इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले बेन स्टोक्सलाई समेट्दै टिम घोषणा गरेसँगै उनी क्रिकेटमा फर्किने पक्का भएको हो।

एसेजका लागि घोषणा गरेको टिममा परेपछि स्टोक्सले साथीहरुसँग मैदानमा खेल्न उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘साथीहरुसँग भेट्न र उनीहरुसँग मैदानमा खेल्न उत्साहित छु । र, अष्ट्रेलियाविरुद्धको एसेजका लािग लागि म तयार पनि छु ।’

आइपिएलका क्रममा भाँचिएको स्टोक्सको औंला पनि पूर्णरुपमा ठिक भइकसेको बताइएको छ। टिममा स्टोक्सको पुनरागमनसँगै इंग्लिस टिम बलियो भएको छ। उ ११ वर्षपछि अस्ट्र्लियन भूमिमा एसेज जित्ने योजनामा छ।

इसिबीले ११ अक्टोबरमा एसेजका १७ सदस्यीय टिम घोषणा गरेको थियो छ। तर, त्यसमा स्टोक्सको नाम समावेश थिएन् । सोमबार मात्र इसिबीले एसेज खेल्ने इंग्लिस टिममा स्टोक्सको नाम समावेश गरेको हो।

एसेज सिरिज ८ डिसेम्बर २०२१ देखि १८ जनवरी २०२२ सम्म अस्ट्रेलियाको ब्रिस्बन, एडिलेड, मेलबर्न, सिड्नी र पर्थमा आयोजना हुनेछ।