इटालिनय सिरि एमा लाजियोले सहज जित निकालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा किरो इमोबिलको ह्याट्रिमा लाजियोले स्पेजिआलाई ६–१को फराकिलो अन्तरले हरायो।
लाजियो लागि इमोबिलका अलावा फिलिपे एन्डरसन इल्सेइद हेसाज र लुइस अल्बर्टोले गोल गरे। लाजियोले दुवै हाफमा समान ३ गोल गरेको थियो।
खेलमा अग्रता भने स्पेजिआले लियो । चौथो मिनेटमा उसका डानिअल भेर्डेले गोल गरेका थिए। तर, पाँचौं मिनेटमै इमोबिलले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
त्यसपछि १५औं र पहिलो हाफको इन्जुरी समयको दोस्रो मिृनेटमा इमोबिलले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ३–०को अग्रता दिलाए।
त्यसपछि ४७औं मिनेटमा एन्डेरसन, ७०औं मिनेटमा हेसाज र ८५औं मिनेटमा अल्बेर्टोलो गोल गरेपछि लाजियोले ६–१को सहज जित निकाल्यो।
सिरि एकै अर्कौ खेलमा एट्लान्टा र बाृेलोग्नाले गोलरहित बराबरी खेलेका छन्।