°
, June 7, 2023 in

भारतमाथि बंगलादेशकाे रोमाञ्चक जित, एक खेल अगावै जित्यो एकदिवसीय सिरिज

SHARE:

भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज बंगलादेृशले एक खेलअघि नै जितेको छ। बुधबार मिरपुरमा भएको दोस्रो खेलमा भारतमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले सिरिज जितेको हो।

यसअघि मिरपुरमै भएको पहिलो एकदिवसीय खेल बंगलादेशले १ विकेटले जितेको थियो।

पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको २७२ रनको लक्ष्य पछ्याएको भारतले ९ विकेटको क्षतिमा १६६ रन मात्र बनाउन सक्यो । दीपक चहर र कप्तान रोहित शर्मा घाइते भएपछि भारत दबाबमा परेको थियो।

भारतका लागि श्रेयस ऐयरले सर्वाधिक ८२ रन बनाउँदा अक्षर पटेलले ५६ रनको योगदान दिए। यस्तै फिल्डिङका क्रममा घाइते भएका रोहित शर्माले नवौं नम्बरमा ब्याटिङ गर्दै २८ बलमा ५१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।

बंगलादेशका इमदत हुसैनले ३ तथा महेदी हसन मिराज र सकिब अल हसनले समान २ विकेट लिए।

त्यसपछि पहिला ब्याटिङ गरेको बंगलादेशले मिराजको शतक मद्दतमा ७ विकेटको क्षतिमा १७१ रन बनायो । खराब सुरुआत गरेपछि अन्त्यतिर मिजार र महमदुल्लाहले उत्कृष्ट इनिङ खेलेपछि उसले मध्यम योगफल बनायो।

मिराजले ८३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै नटआउट १ सय रन बनाउँदा महमदुल्लाहले ९७ बलमा ७७ रन बनाए। यी दुईले सातौं विकेटका लागि १४८ रनको साझेदारी गरेका थिए।

मुख्य बलर चाहरले चोटका कारण ३ ओभर मात्र बलिङ गर्न सकेपछि भारत दबाबमा परेको थियो। उसका लागि वासिङ्टन सुन्दरले ३ तथा मोहम्मद सिराज र उमरान मलिकले समान २ विकेट लिए।

SHARE: