°
, May 29, 2023 in

काेहलीको शतकमा श्रीलंकामाथि भारतको जित

SHARE:

विराट कोहलीको ७३औं अन्तर्राष्ट्रिय शतकको मद्दतमा भारतले पहिलो वान डेमा मंगलबार राति श्रीलंकालाई ६७ रनले पराजित गरेको छ ।

गुवाहाटीमा मंगलबार साँझ भएको खेलमा भारतले दिएको ३ सय ७४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन मात्र बनाउन सक्यो।

उसका लागि कप्तान दासुन शानकाले सतक पुरा गरे पनि टोलीलाई हराबाट जोगाउन सकेनन्। उनले ८८ बल खेल्दै १२ चौका र ३ छक्कासहित १ सय ८ रनको अविजित शतकीय इनिङ खेलेका थिए।

यस्तै ओपनर पाथुम निसांकाले ८० बलमा ११ चौकासहित ७२ र धनन्जय डि सिल्भाले ४० बलमा ९ चौकासहित ४७ रन जोडे पजि त्यो जितका लागि पयाप्त भएन।

भारतका लागि उमरान मलिकले सर्वाधिक ३ विकेट लिए। मोहम्मद शिराजले दुई तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले समान एक विकेट लिए।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले विराट कोहलीको शतक र रोहित शर्मा र शुभमन गिलको अर्धशतकको मद्दतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रन बनाएको थियो।

८७ बल खेलेका विराट कोहलीले १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ खेले। कोहलीको यो ओडिआई करिअरको ४५ औं र समग्रमा ७३औं शतक हो । ओडिआईमा उनको लगातार दोस्रो शतक समेत हो । कोहलीले यसअघि गत डिसेम्बरमा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसअघि भारतलाई ओपनर शुभमन गिल र कप्तान रोहित शर्माले उत्कृष्ट सुरूआत दिलाएका थिए। पहिलो विकेटका लागि गिल र रोहितले १९।४ ओभरमा १ सय ४३ रनको शतकीय साझेदारी गरेका थिए। रोहित ६७ बलमा ९ चौका र ३ छक्कासहित ८३ रनमा आउट हुँदा गिलले ६० बलमा ११ चौकासहित ७० रन बनाएका थिए।

श्रीलंकाका लागि कसुन रजिथाले सर्वाधिक ३ विकेट लिए। दिलशान मदुशंका, दासुन शानका, धनन्जय डि सिल्भा र चामिका करुणारत्नेले एक एक विकेट लिए।

दोस्रो ओडिआई खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ।

SHARE: