अस्ट्रेलियाविरुद्धको सिरिजको पहिलो टेस्टका लागि भारतले प्लेइङ सेटको घोषणा गरेको छ । एडिलेडमा भोलिबाट सुरु हुने पहिले टेस्टका भारतले मयंक अग्रवाल, पृथ्वी श, उमेश यादव र रविचन्द्रन आविश्वनलाई समेट्दै प्लेइङ ११ को घोषणा गरेको हो ।
लेडिलेड टेस्टमा मंयक अग्रवाल र पृथ्वी शले भारतीय टिमको इनिङको सुरुवात गर्ने छन् । इशान्त शर्माको अनुपस्थितिमा उमेश यादवले तेस्रो पेसका रुपमा टिममा स्थान बनाएका छन् । भारतीय टिममा जस्प्रित बुमराह, मोहम्मद सामी, उमेश यादव र रविचन्द्र आश्विन गरी चार जना स्पेशलिस्ट बलर छन् । भारतीय टिममा आविश्न एकमात्र स्पिनर हुन्, उनलाई अलराउन्डर हनुमान बिहारीले साथ दिन सक्नेछन् ।
भारतीय टिमको मिडल अर्डरमा चेतेश्वर पुजारा, कप्तान विराट कोहली र अजिन्का रहाने रहने छन् भने तल्लको क्रममा हनुमान बिहारी र ऋद्धिमन साह रहने छन् । साहले विकेटकिपरका रुपमा प्लेइङ सेटमा स्थान बनाएका हुन् ।
पहिलो टेस्टपछि कप्तान विराट कोहली भारत फर्किने छन् । विराट पहिलो बच्चाको जन्मका लागि भातर फर्कने छन् । दोस्रो टेस्टदेखि रहानेले भारतीय टिमको कप्तानी गर्ने छन् । यस्ता मंगलबार अस्ट्रेलिया पुगेका ओपनर रोहित शर्मा तेस्रो टेस्टबाट टिममा सामेल हुने बताइएको छ । फिटनेशका कारण रोहितले पहिलो दुई टेस्टमा स्थान बनाउन सकेका थिएनन् । भारत र अस्ट्रेलियाबीच ४ टेस्टको सिरिज हुने छ ।
जडेजा परेनन् टिममा
अलराउन्डर रविन्द्र जडेजा पहिलो टेस्टमा स्थान बनाउन असफल भएका छन्। अस्ट्रेलियाविरुद्धकै पहिलो टि–२० ह्यामिस्ट्रिङका कारण घाइते भएकाले जडेजाले पहिलो टेस्टमा स्थान बनाउन नसकेका हुन् । जडेजाले वानडे सिरिज र पहिलो टि२० मा उत्कृष्ट प्रदर्शन गरेका थिए । जडेजाको अनुपस्थितिमा भारतले पाचौं बलरका रुपमा हनुमान बिहारीलाई प्रयोग गर्नुपर्ने छ ।