भारत एकदिवसीय क्रिकेटको वरीयताको शीर्ष स्थानमा फर्किएको छ। लागतार दुई वटा एकदिवसीय सिरिज क्लिन स्विप गरेसँगै भारत शीर्ष स्थानमा पुगेको हो।
भारतले घरेलु मैदानमा श्रीलंका र न्युजिल्यान्डविरुद्धको ३ खेलको सिरिज क्लिन स्विप गरेको थियो। भारतले ११४ रेटिङ पोइन्ट प्राप्त गरेकोछ।
दोस्रो स्थान इंग्ल्यान्ड छ। यस्तै, अस्ट्रेलिया तेस्रो, न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं स्थानमा छ। छैटौंदेखि १०औं स्थानमा क्रमशः बंगलादेश, श्रीलंका, अफगानिस्तान र वेस्टइन्डिज छन्।
टि–२० पनि भारत नै शीर्ष स्थानमा रहँदा टेस्टमा अस्ट्रेलिया शीर्ष स्थानमा छ।