°
, June 4, 2023 in
0

विशाल लक्ष्य पछ्याएको भारत दबाबमा

SHARE:

इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा जितका लागि घरेलु टोली भारतले ४२० विशाल लक्ष्य पछ्याइरहेको भारत दबाबमा आएको पाँचैं दिनको सुरुवातमै ३ विकेट गुमाएमा भारत दबाबमा आएको हो । विशाल लक्ष्य पछ्याउने क्रममा ३९–१को अवस्थाबाट पाँचौं दिनको सुरुवात गरेको भारतले ९२ रन जोड्दो थप ३ विकेट गुमाएको छ ।

जितका लागि भारतलाई अझै ३२८ रनको खाँचो छ भने इंग्ल्यान्डलाई ६ विकेट । अहिले कप्तान विराट कोहली १० र ऋषव पन्त शुन्य रन बनाएर क्रिजमा छन् । उसका शुभमन गिलले ५० रन बनाउँदा चेतेश्वर पुजाराले १५ र रोहित शर्मा १२ रन बनाए भने अजिन्का रहाने शुन्य रनमा आउट भए । इंग्ल्यान्डका ज्याक लिच र जेम्स एन्डरसनले समान २ विकेट लिए ।

यसअघि पहिलो इनिङमा ५७८ रन बनाएको इंग्ल्यान्ड दोस्रो इनिङमा १७८ रनमै अलआउट भएको थियो । उसका लागि पहिलो इनिङमा जो रुटले दोहोरो शतक बनाएका थिए । सन् २०२१मा दोस्रो दोहोरो शतक बनाउने क्रममा रुटले ३७७ बल खेल्दै १९ चौका र २ छक्काको सहयोगमा २१८ रन बनाए । डान लउरेन्सले ८७ र बेन स्टोक्सले ८२ रनको इनिङ खेले । भारतका जस्प्रित बुम्राह र रविचन्द्र आश्विनले ३–३ विकेट लिए ।

दोस्रो इनिङमा इंग्ल्यान्डका जो रुटले सर्वाधिक ४० रन बनाए । इंग्ल्यान्डको इनिङ ध्वस्त बनाउने क्रममा भारतका आविश्वनले ६ विकेट लिए भने सहवाज नदिमले २ विकेट लिए ।

भारतले पहिलो इनिङमा ३३७ रन मात्र बनाउन सक्यो । उसका लागि ऋषव पन्तले ९१, वासिङ्टन सुन्दरले ८५ र चेतेश्वर पुजाराले ७५ रनको योगदान दिए इंग्ल्यान्डका डम बेसले ४ विकेट लिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *